इन्फिनिटी लघुवित्तमा नयाँ सञ्चालक नियुक्त
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबारपश्चात् सञ्चालक समितिको यही भदौ २६ गते बसेको ७०औँ बैठकले संस्थापक सेयरधनीहरूको तर्फबाट एक जना नयाँ सञ्चालकमा (साबिक नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिका अध्यक्ष) रमेशकुमार कर्माचार्यलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १४ (२) (ख) अनुसार नियुक्त गरिएको छ ।
नवनियुक्त सञ्चालकलाई संस्थाका अध्यक्ष खेमराज नेपालले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । शपथग्रहण कार्यक्रममा नवनियुक्त सञ्चालकलाई संस्थाका अध्यक्ष, सञ्चालक, सल्लाहकारहरूबाट स्वागत तथा शुभकामना व्यक्त गरेका थिए । संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा १२ करोड ६० लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ७४ लाख १८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २६ करोड छ लाख ५० हजार रुवैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा ८७ करोड ४३ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १८ करोड ७४ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड ५० लाख दुुई हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३३ लाख ३४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ६१ करोड २० लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९५ करोड ३६ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया