सानिमा बैंकद्वारा बडा दशैँको अवसरमा विशेष योजना सार्वजनिक
काठमाडौँ । नेपालीहरूको महान पर्व बडा दशैँको अवसरमा सानिमा बैंकले ग्राहकहरूको लागि विशेष दशैँ बम्पर योजना सार्वजनिक गरेको छ । आश्विन एक गतेदेखि लागू हुने सो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा नौ दशमलव ५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिकरूपमा प्रदान गरिने छ भने खाता खोल्दा पहिलो वर्षका लागि डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ मेरो सेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ ।
यसका साथै बचत खातामा पाँच प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाखसम्मको दुर्घटना बीमा, तीन लाख बराबरको घातक रोगको बीमा, ५० हजारबराबरको मेडिकल बीमा, वार्षिक पाँच हजारबराबरको वार्षिक बहिरंग उपचार खर्च र पाँच हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकहरूलाई प्रदान गरिनेछ ।
सानिमा बैंकको वेबसाइटमा गई लगइन गरी अनलाइन खाता पनि खोल्न सकिन्छ । बैंककको देशका सातै प्रदेशमा एक सय चार वटा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया