Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंककी डेपुटी सीईओ रविनालाई सरकारबाट विभूूषण

मेगा बैंककी डेपुटी सीईओ रविनालाई सरकारबाट विभूूषण


काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रविना देशराज श्रेष्ठ संविधान दिवसका अवसरमा विभूषित भएकी छिन् । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री (चुतर्थ) घोषणा गरेकी हुुन् ।

डेपुटी सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेन्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चारवटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् । करिब तीन दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजेनस र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एन्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छिन् । राष्ट्रपतिद्वारा विभूषित उनै व्यक्तित्व श्रेष्ठको संलग्नता रहेको मेगा बैंकले आर्थिक वर्ष २०७७–०७८ मा दुुई अर्ब ३० करोड २५ लाख ८६ हजार दुुई सय ८७ रुपैयाँ खुद मुनाफा आर्र्जन गरेको छ । अघिल्लो आव को सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ५८ करोड ६२ लाख १४ हजार नौ सय २२ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार नौ सय ५८ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब ३६ अर्ब ८९ करोड ३५ लाख ८८ हजार चार सय छ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब ३१ करोड ८९ लाख पाँच हजार २० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ८० करोड ४६ लाख ६८ हजार एक सय ७५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव १६ प्रतिशत स्प्रेड दर रहेको बैंकको बितरयोग्य नाफा एक अर्ब ५१ करोड ५८ लाख ४५ हजार ८२ रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब २७ अर्ब ८९ करोड ४६ लाख १४ हजार पाँच सय दुई रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ४९ करोड ३३ लाख ४१ हजार एक सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब १७ करोड ७४ लाख आठ हजार चार सय ५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x