कामना सेवाकोे प्रदेश ५ मा एकैसाथ दुुई शाखा
काठमाडौं, माघ १३
कामना सेवा विकास बैंक लिमिटेडले एकैसाथ दुुईवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत नवलपरासी जिल्लाका बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रूपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा आइतबार एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरीउद्घाटन गरेको छ । योसँगै अब बैंकको शाखा संख्या एक सय १६ पुगेका छन् । बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिमप्रसाद तुलाचनले संयुक्तरुपमा गरेका हुन् ।
यसैगरी मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्तरूपमा गरेका हुुन् । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय १६ वटा शाखा कार्यालयहरू तथा ६० वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भी फाइभलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरूपमा आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया