Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको ‘दशैँ धमाका’ योजना

सानिमा बैंकको ‘दशैँ धमाका’ योजना


काठमाडौं । सानिमा बैंकले ग्राहकहरूको लागि ‘दशैँ धमाका’ योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।

यो योजनाअन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुुई हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुई हजार पाँच रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई फस्र्ट कम फस्र्ट सर्भको आधारमा छुट प्रदान गरिनेछ । यो योजना यही आश्विन १० गतेदेखि असोज १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ ।

सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा लिँदा पाँच सय रुपैयाँ क्यास ब्याक पनि प्रदान गर्दै आएको छ । यो योजना असोेज १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइटमा लगइन गरी आवेदन दिन सकिन्छ । बैकको हाल देशका सातै प्रदेशमा एक सय छवटा कार्यालय तथा ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x