Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र द एभरेष्ट होटलबीच सम्झौता

सिटिजन्स बैंक र द एभरेष्ट होटलबीच सम्झौता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र द एभरेष्ट होटल, बानेश्वरबीच सिटिजन्स बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले द एभरेष्ट होटलको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागि समेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्पत डेबिट कार्डको लागि आवेदन दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिनसक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८३ वटा शाखा, एक सय २१ वटा एटीएम र एक सय ११ वटा शाखारहित बैंकिङ्ग एकाइहरुबाट करिब साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल रुपमा प्रदान गरिरहेको छ । साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआईकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकले विभिन्न सेवाहरु सञ्चालनमा ल्याएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहजरुपमा सेवाप्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x