Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको पस कारोबारमा क्यास ब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पस कारोबारमा क्यास ब्याक अफर


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पस कारोबारमा क्यास व्याक अफर ल्याएको छ । बैंकले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठलगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वाइन्ट अफ सेल (पस)को माध्यमबाट प्रतिकारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाप गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो । बैंकका अनुसार यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कात्तिक २४ गतेसम्म लागू हुनेछ ।

देशभर विभिन्न व्यवसायहरूमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रावा बैंककै कार्ड स्वाप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ । यसअन्तर्गत तीनदेखि पाँच पटकको कार्ड स्वाप मा पाँच प्रतिशत अधिकतम क्यास ब्याक वा पाँच सय रुपैयाँ, छदेखि १० पटकको कार्ड स्वापमा १० प्रतिशत वा अधिकतम क्यास ब्याक वा सात सय ५० रुपैयाँ र ११ देखि १५ पटकको कार्ड स्वापमा १५ प्रतिशत वा अधिकतम क्यास ब्याक वा एक हजार रुपैयाँमध्ये जुन कम हुन्छ सोबराबरको रकम क्यास ब्याक हुनेछ । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा दुई सय ४८ वटा शाखा कार्यालय, दुई सय १६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x