Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट

कुमारी बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट


काठमाडौं । नेपालीहरूको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरूलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार कुमारीका ग्राहकहरूले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा यही असोज १० गतेदेखि असोज १८ गतेसम्म सामानहरूको खरिदमा अग्रीम छुट प्राप्त गर्नेछन् ।

सो सम्झौताअनुरूप डेबिट कार्डको प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत अथवा दुई हजार रुपैयाँसम्मको र क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत अथवा २५ सय रुपैयाँसम्मको छुट पाउनेछन् । सो सहमतिपश्चात् कुमारी बैंकका डेबिट, क्रेडिट कार्डवाहकहरूले दराज अनलाइन सपिङमार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरू झन्झटविना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् । यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकहरूलाई सरसामान खरिदलगायत अन्य गतिविधिहरूका लागि डिजिटल बैंकिङ प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ ।

बैंकले आफ्ना देशव्यापी एक सय ९६ शाखा सञ्जाल, एक सय ७३ एटीएम, ३२ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x