Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार २३ दशमलव ९५ अंकले उकालो लाग्यो

सेयर बजार २३ दशमलव ९५ अंकले उकालो लाग्यो


काठमाडौं, माघ १४
अघिल्लो दिन झण्डै २१ अंकले ओरालो लागेको सेयर बजार परिसूचक साताको दोस्रो दिन सोमबार भने उकालो लागेको छ । यसदिन बजार परिसूचक २३ दशमलव ९५ अंकले उकालो लागेर १३ सय दशमलव ६२ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५३ अंकले उकालो लागेर दुई सय ७९ दशमलव १५ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८० वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ११ हजार दुई सय नौ वटा कारोबारमा २४ लाख नौ हजार दुुई सय ६२ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ९१ करोड ७३ लाख ५९ हजार आठ सय ६५ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार सबै समूहको सूचक उकालो लाग्दा सेयर बजार पूरै हरियो भएको छ । तीमध्ये वाणिज्य बैंक समूहको सूचक १८ दशमलव एक अंकले उकालो लागेर ११ सय ३९ दशमलव ७४ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि ४३ दशमलव ८१ अंकले उकालो लागेर १७ सय ७० दशमलव १५ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि १९ दशमलव ५१ अंकले उकालो लागेर एक हजार छ दशमलव ९० अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि ६६ दशमलव ४३ अंकले उकालो लागेर दुई हजार ५५ दशमलव ४४ अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय ४९ दशमलव ७६ अंकले उकालो लागेर पाँच हजार चार सय ३८ दशमलव २९ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ७४ दशमलव तीन अंकले उकालो लागेर सात हजार दुई सय ६३ दशमलव ४९ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ३४ दशमलव ५९, ८३ दशमलव ३२, दुई दशमलव ८६, नौ दशमलव ८६, नौ दशमलव ८६, पाँच दशमलव १५ र शून्य दशमलव शून्य चार अंकले उकालो लागेका छन् ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको समिट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सात रूपैयाँ ७९ पैसाले बढेर सात सय छ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेरुडे लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य सात रूपैयाँ ६३ पैसाले बढेर सात सय पाँच रूपैयाँमा किनबेच भएको छ । यीबाहेक फर्ष्ट माइक्रोफाइनान्स वित्तीय संस्था, ज्योति विकास बैंक आदिको सेयर मूल्य पनि बढेको छ । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य तीन रूपैयाँ सात पैसाले घटेर ६३ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युुनाइटेड फाइनान्सको सेयर मूल्य दुई रूपैयाँ ७६ पैसाले घटेर एक सय ७६ रूपैैयाँमा किनबेच भएको छ । यीबाहेक मञ्जुश्री फाइनान्स, हिमालयन ऊर्जा विकास कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएका छन् । उक्त कम्पनीको प्रतिकित्ता ११ सय १७ रूपैयाँ अन्तिम मूल्यमा आठ करोड १४ लाख २८ हजार चार सय ६९ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्लोबल आईएमई बैंकको प्रतिकित्ता दुई सय ९५ रूपैयाँ अन्तिम मूल्यमा पाँच करोड २६ लाख ५७ हजार सात सय २९ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंकको संस्थापक सेयर आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x