युनाइटेड फाइनान्सको नाफा चार करोड ११ लाख
काठमाडौं, माघ १४
युनाइटड फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ११ लाख ८७ हजार दुई सय ४५ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो मुनाफा तीन करोड ३३ लाख ४२ हजार ६५ रूपैयाँ रहेको थियो । चुक्तापुँजी एक अर्ब चार करोड आठ लाख ३४ हजार छ सय ४६ रूपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक अवधिमा छ अर्ब ८१ करोड ८६ लाख दुुई हजार छ सय ६८ रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७४ करोड २२ लाख नौ हजार चार सय २६ रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ ।
सो अवधिमा १७ करोड ८० लाख २१ हजार छ सय २९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको प्रोभिजन रकम चार करोड ८१ लाख ८७ हजार दुुई सय ४५ रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ५५ करोड ७५ लाख ९३ हजार चार सय १९ रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९५ करोड १६ लाख ८२ हजार एक सय ३२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड एक लाख ४३ हजार सात सय १४ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ९९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया