Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको ‘नबिल दशैँ धमाका’ अफर

नबिल बैंकको ‘नबिल दशैँ धमाका’ अफर


काठमाडौं । नेपालीहरूको महान चाड बडा दशैँको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दशैँ धमाका अफर’ ल्याएको छ । बैंकका अनुसार यो अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन् । नबिल बैंकको यो अफरबमोजिम ग्राहकहरूले बिग मार्टमा एक हजार रुपैयाँ छुट वा अधिकतम तीन सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । यो अफर घटस्थापनाको दिन लागू हुनेछ ।

त्यस्तै किरानामा १५ सय छुट वा अधिकतम १५ सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखि अक्टोबर ११ सम्म लागू हुनेछ । दराजमा भने हरेक शुक्रबार एक हजार रुपैयाँ छुट वा अधिकतम पाँच सय रुपैयाँसम्म पाउन सक्नेछन् । यस अफरमार्फत नबिल बैंकले आफ्नो ग्राहकवर्गहरूमा दशैँको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजेको छ । यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहकहरूले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याकको अफर लिन ढुक्क हुन सक्नेछन् ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरूलाई समायनुकूल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको एक सय ३५ वटा शाखा, एक सय ८५ वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x