Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता

नेपाल एसबीआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता


काठमाडौं । नेपाल एसबीआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता भएको छ । बैंकका अनुसार पोखरा फाइनान्सका ग्राहकहरूलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरिएको हो ।

सम्झौताअन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरूले नेपाल एसबीआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट एगेन्स पेमेन्ट, डकुमेन्ट एगेन्स असेप्सन, लोकल बैंक ग्यारेन्टी आदि सेवा उपलब्ध गराउन सक्नेछ ।

नेपाल एसबीआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङबीच उक्त सम्झौता आदानप्रदान भएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x