एनएमबी बैंकका ग्राहकलाई सीजीको सामान किन्दा छुट
काठमाडौं । आउँदो बडा दशैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबी बैंकले महाछुट अफर प्रस्तुत गरेको छ । यस घटस्थापनादेखि सीजी डिजिटल तथा एलजी शपी शोरुमहरूबाट एलजी, सीजी, गोदरेज, टीसीएल, सेन्साई, केन्ट, इलिका एन्ड ब्याल्क डेकोरको समानको खरिदमा एनएमबीको तर्फबाट २० प्रतिशतदेखि १५ सय रुपैयाँको क्यास ब्याक सुविधा र तत्काल छुटको रूपमा २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
साथै आफ्ना ग्राहक तथा कर्मचारीहरूको लागि सीजी इलेक्ट्रोनिक्सका सामानहरू किस्ताबन्दीमा खरिद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले सीजी डिजिटल तथा एलजी शपी शोरुमबाट आफूलाई आवश्यक पर्ने सामानहरू खरिदस्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् । यसको लागि ग्राहकले सीजी डिजिटल तथा एलजी शपी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबी बैंकले ईएमआईमा रूपान्तरण गर्नेछ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । बैंकले हाल देशभरि एक सय ८१ शाखा, एक सय ३७ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया