घरेलु लघुवित्तद्वारा मृतक ग्राहकको परिवारलाई क्षतिपूर्ति
काठमाडौं, माघ १५
काभ्रेको बनेपास्थित घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बनेपा काभ्रेबाट गठित केन्द्र नं. ०२ की सदस्य श्रीमती माइली कामीको मृत्युपश्चात् उनका श्रीमान् डिलबहादुर कामीलाई एक कार्यक्रमका बीच बीमाको क्षतिपूर्ति रकम वितरण गरेको छ । निज सदस्य श्रीमती माइली कामीले संस्थाको नियमानुसार संस्थाबाट एक लाख रूपैयाँ कर्जा लिएकोमा निजको मृत्युपश्चात् संस्थाले कर्जा बीमाअन्तर्गत आफ्नो नियमानुसार लिनुपर्ने कर्जाको सावा र ब्याज रकम मिनाहा गरेको र काजकिरिया खर्च १० हजारबराबरका दिने व्यवस्थाअनुसार उक्त रकम हस्तान्तरण गरेको हो ।
संस्थाले आफ्ना ग्राहक सदस्यहरूको हित तथा संरक्षण गर्न र उनीहरूलाई आपत्कालीन अवस्थामा टेवा पु-याउने उद्देश्यअनुरूप विभिन्न कार्यक्रम तथा सहयोग रकम हस्तान्तरण गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोगस्वरूप रकम हस्तान्तरण गरेकोमा समूहका सम्पूर्ण सदस्यहरूले संस्थालाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा शाखाका तर्फबाट शाखा प्रबन्धक तुल्सीराम भट्टराई तथा कर्मचारी रामप्रसाद पन्त र ललिता ढुंगानाको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया