नेपाल बैंकका सञ्चालक शाक्यद्वारा गोपनीयताको शपथ
काठमाडौं । नेपाल बैंकका सञ्चालकले रितेशकुमार शाक्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बैंकका अनुसार सञ्चालक समिति सदस्य पदमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य नियुक्त भई आएका छन् । नवनियुक्त सञ्चालकले यही कात्तिक चार गतेका दिन सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
शपथग्रहण कार्यक्रमपश्चात् बैंक सञ्चालक समिति अध्यक्ष अर्यालले नवनियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा सञ्चालक सदस्य र शाक्यको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे ।
ततपश्चात् नवनियुक्त सञ्चालक सदस्य र शाक्यले नेपाल बैंक लिमिटेडको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । शपथग्रहण कार्यक्रममा यस बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतर कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया