महालक्ष्मी लाइफ इन्स्योरेन्सको राष्ट्रिय सम्मेलन
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । कम्पनीका अनुसार यही कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देशभरिका ६० शाखा, उपशाखा प्रमुखहरू, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरू तथा प्रधान कार्यालयका अधिकृतहरूको सहभागिता रहेको थियो ।
सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरूले आ–आफ्नो क्षेत्रको व्यावसायिक प्रतिवेदन पेस गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरूको अवस्था, कम्पनीको व्यावसायिक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको थियो ।
कार्यक्रमको दोस्रो दिन कात्तिक ६ गते कम्पनीका सम्पूर्ण कार्यालयप्रमुख र अधिकृतहरू सहभागी भएको नेसनल बिजनेस मिट २०७८ राष्ट्रिय सम्मेलन सम्पन्न गरियो । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उद्घाटन गरेको उक्त सम्मेलनमा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले व्यक्त गरे । त्यसैगरी नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले त्रैमासिक व्यावसायिक समीक्षा गरे भने अर्का नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागीहरूलाई कम्पनीको बीमा योजनाहरूको बारेमा तालिम प्रदान गरेका थिए ।
सम्मेलनको अन्त्यमा २०७८–०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालयप्रमुखहरूलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गरेका थिए । सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यावसायिक लक्ष्य निर्धारण गरेको थियो । बीमा जनचेतना अभिवृद्धिको लागि यो आर्थिक वर्षभित्र सबै शाखा उपशाखाले आ–आफ्नो क्षेत्रमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गर्ने निर्णय गरियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले युवासँग महालक्ष्मी लाइफ कार्यक्रम विषयमा विस्तृत जानकारीको साथै तालिम प्रदान गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया