सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम
काठमाडौं । सन नेपाल लाइफले कैलाली जिल्लाको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुर जिल्लाको महेन्द्रनगर र पुनर्वासमा बीमा जागरण अभियान सम्पन्न गरेको छ ।
साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखाअन्तर्गत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी, पुनर्वास, हसुलिया, मसुरिया, भजनी, सुखड, लम्की, टिकापुर बौनिया तथा राजापुरमा कार्यरत उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान समेत गरेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उत्त कार्यक्रमहरूको संयोजन सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले गरेका थिए । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी
- ठूलालाई चैन सानालाई ऐन
- सेयरबजार किन यसरी उपेक्षित भइरहन्छ ?
- सिक्टा सिँचाइ आयोजना : कृषिका लागि वरदान
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
- कर्णाली डेभलपमेन्ट बैंकमा समस्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया