बैंक अफ काठमाण्डू र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेड र नेपाल पेमेन्ट सोलुसन्स प्रालिबीच गुणस्तरिय डिजिटल सेवाको लागि सम्झौता भएको छ । बैंकका अनुसार आफ्ना ग्राहकहरूलाई समयसापेक्ष गुणस्तरीय सेवा दिँदै आइरहेको र यस्तै गुणस्तरीय डिजिटल सेवालाई अझै विस्तारित गर्न बैंकले नेपाल पेमेन्ट सोलुसन्ससँग सहकार्यको लागि सम्झौता गरिएको हो ।
सम्झौताअनुसार बिओकेका ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्सबाट उपलब्ध हुने सेवाहरू रकम स्थानान्तरण, वालेटहरूमा रकमान्तर तथा अन्य थुप्रै सेवा तथा सुविधाहरू पाउन सक्नेछन् । उक्त सम्झौतामा बैंकको तर्फबाट अमर राजभण्डारी र दिलन शाक्य तथा नेपाल पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रताप श्रेष्ठ र सिमन श्रेष्ठले एक समारोहका बीच हस्ताक्षर गरेका छन् ।
नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेषगरी बैंक तथा वित्तिय संस्थाहरू, पीएसपीहरू, रेमिट्यान्स कम्पनीहरू र व्यावसायिक क्षेत्रहरूमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकांश बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरी काम गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
- कर्णाली डेभलपमेन्ट बैंकमा समस्या
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया