नेपाल एसबीआई बैंकको अध्यक्षमा राजिव अरोरा
काठमाडौं । नेपाल एसबीआई बैंकको अध्यक्षमा राजिव अरोरा नियुक्त भएका छन् । बैंकका अनुसार यही कात्तिक सात गते बसेको सञ्चालक समितिको चार सय ७६औं बैठकले स्टेट बैंक अफ इन्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक अरोरालाई बैंक सञ्चालक समितिको अध्यक्षमा सर्वसहमतिबाट चयन गरेको हो ।
अध्यक्ष अरोरा, एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबीआई समूहको रणनीति, व्यवसाय प्रवद्र्धन, सञ्चालन प्रभावकारिता तथा समूहको अन्य मामिला हेर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष अरोरालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा सोमबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराए ।
शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकार भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल एसबीआई बैंकका निर्वतमान अध्यक्ष तथा एसबीआई भारतका मुख्य महाप्रबन्धक बीआरएस सत्यनारायण, बैंकका सञ्चालकहरू रजयकुमार सिन्हा, बालकृष्ण श्रेष्ठ, विमला सुवेदी एवं बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, एसबीआई भारतका उपमहाप्रबन्धक बीएन रथ, नायब सीईओ तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कांत, सल्लाहकार–नयाँ व्यवसाय प्रवर्द्धन छपीराज पन्त तथा बैंकका कम्पनी सचिव श्रीधर अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
- कर्णाली डेभलपमेन्ट बैंकमा समस्या
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया