मेट लाइफद्वारा पोखरा र बुटवल कार्यालयहरू शाखा कार्यालयमा रूपान्तरण
काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पोखरा र बुटवल कार्यालयहरू शाखा कार्यालयमा रूपान्तरण गरेको छ । ग्राहकहरूलाई निरन्तर रूपमा सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ मेट लाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरूमा सुविधाहरू विस्तार गरेको हो ।
पोखरा र बुटवलजस्ता प्रमुख बजार केन्द्रहरूमा रहेका कार्यालयहरूलाई रूपान्तरण गरी शाखा कार्यालयहरू बनाइएको छ जहाँबाट बीमा आवेदन तथा प्रिमियम संकलन, पोलिसी वितरण तथा पोलिसी परिवर्तन, पुनर्स्थापना, ग्राहक सोधपुछ प्रबन्धनसहित अन्य कागजात प्रशोधनसम्बन्धी सेवाहरू प्राप्त गर्न सकिन्छ । दुवै कार्यालयहरूको समुद्घाटन कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ र अन्य वरिष्ठ कर्मचारीहरूको उपस्थितिमा गरिएको थियो ।
यस परिमार्जनले उक्त क्षेत्रका ग्राहकहरूलाई सुविधामा थप पहुँच प्राप्त गर्न सहयोग मिल्नेछ । प्रमुख व्यापारिक क्षेत्रहरूमा अवस्थित कम्पनीका दुवै कार्यालयहरूमा स्वास्थ्य तथा सुरक्षा मापदण्डहरू कायम राख्नका लागि चाहिने आवश्यक खुला ठाउँहरू पनि यथेष्ट रहेको छ ।
मेट लाइफका ग्राहकहरूले कम्पनीको वेबसाइट वा ग्राहक सेवा एपमार्फत सम्पूर्ण सेवाहरू डिजिटल माध्यमबाट पनि प्राप्त गर्न सक्छन् । नयाँ आवेदन, पोलिसी परिवर्तन तथा प्रिमियम संकलनजस्ता सेवाहरू कार्यालयपरिसरका साथै डिजिटल रूपमा पनि सजिलै प्राप्त गर्न सकिन्छ ।
उद्घाटनका क्रममा, महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले मेटलाइफको उद्देश्य ग्राहकहरूको अनुभव अभिवृद्धि गर्ने रहेको र हाल रूपान्तरित शाखा कार्यालयहरूले पश्चिम नेपाल र आसपासका आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सुविधा प्रदान गरी ग्राहक अनुभवलाई नयाँ आयाम दिने बताए । साथै उनले शाखाहरूमा निहित थप सुविधाहरूको प्रावधान र सबैलाई पायक पर्ने स्थानले गर्दा आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्ने क्षमतामा समेत वृद्धि हुने र उक्त क्षेत्रका समुदायहरूलाई अपरिहार्य जीवन सुरक्षाका आवश्यकताहरूमा पहुँच बढाउने विचार पनि व्यक्त गरेका छन् ।
मेट लाइफ नेपालका बारेमा : मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेट लाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेट लाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया