सूर्या लाइफ इन्स्योरेन्सकोे नयाँ लोगो सार्वजनिक
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नेपालको जीवन बीमा व्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाइमा पुग्ने लक्ष्यका साथ कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता र सुदृढ पहिचान कायम गर्ने उद्देश्यले कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो मूलनारा ‘सर्वे भवन्तु सुखिनः’रहने व्यहोरा समेत व्यक्त गरेको छ । उक्त नयाँ लोगो कम्पनीको सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई, कम्पनीका सञ्चालक तथा बीमाविज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्तरूपमा अनावरण गरे । कम्पनीको सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित, सेवाग्राहीहरूलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटो छरितोरूपमा उपलब्ध गराउन सञ्चालक समितिबाट व्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी १० वर्षभन्दा बढी अवधिदेखि जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भूमिका निभाएका सफल बीमाविज्ञ तथा कम्पनीका सञ्चालक विवेक झाले उक्त कार्यक्रममा बीमाको महत्व र नयाँ लोगोको आवश्यकताको बारेमा प्रकाश पारे । उनले जीवन बीमाका चार आधारहरू बीमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्ता हुन्छन, यीमध्ये प्रमुख दुई पिलर अभिकर्ता तथा कर्मचारी जसले बीमित तथा कम्पनीका बीच एउटा मजबुत पुलको काम गरेका हुन्छन् भन्दै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीकोरूपमा स्थापित हुने यात्राको सुरुवात यस नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात् ‘सबै सुखी हुन्’का साथ सुभारम्भ गरेको कुरा व्यक्त गरे ।
कार्यक्रममा झाले नयाँ लोगोका तीन रंग रातो, कालो र पहेँलोले यस कम्पनीको उद्देश्यलाई स्पष्ट पार्छ र कम्पनी अब बिगर, बोल्डर र ब्राइटर भएर अगाडि बढदै आफ्ना ग्राहकहरूको चाहना र सन्तुष्टिको ख्याल गर्दै आफ्ना सेवाहरूलाई केन्द्रमा राखी यसको विशिष्टीकरणका लागि प्रविधि र उत्कृष्ट व्यवस्थापनको सिद्धान्तको प्रयोगबाट गति दिने योजना रहेको स्पष्ट पारे ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खडकाले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता हो, त्यसैले कम्पनी व्यवस्थापन सञ्चालक समिति, बीमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिबद्ध रहेको व्यहोरा व्यक्त गरे । साथै कम्पनीलाई आगामी दिनमा मौलिक पहिचानका साथ अग्रणी तथा अब्बल कम्पनीकोरूपमा नयाँ उचाइमा पु-याउने प्रतिबद्धता व्यक्त गरे । दुई दिनसम्म सञ्चालित उक्तकार्यक्रममा कम्पनीबाट समय समयमा जारी भएका विभिन्न बीमा योजनाहरू बीमा बजारमा लागि कम्पनीको व्यवसाय विस्तारमा पु-याएको योगदानको उच्च कदर गर्दे आव २०७७/०७८ का उत्कृष्ट अभिकर्ता तथा एजेन्सी मेनेजरहरूका साथै कम्पनीको लक्ष्य प्राप्तिका लागि अहोरात्र खटिई उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा शाखा कार्यालयहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।
कम्पनीका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत हुने सबैलाई बधाई ज्ञापन गर्नुका साथै उक्त कार्यक्रममा अभिकर्ता संघका अध्यक्ष रामबहादुर तामाङ, पुरस्कृत अभिकर्ता/एजेन्सी मेनेजरहरूको तर्फबाट सुनिल खड्का तथा कमलप्रसाद घिमिरेले समेत आफ्नो विचार व्यक्त गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया