Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकले १८ दशमलव ५० प्रतिशत लाभांश दिने

मुक्तिनाथ विकास बैंकले १८ दशमलव ५० प्रतिशत लाभांश दिने


काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब ८१ करोड १५ लाख ५० हजार आठ सय तीन रुपैयाँमध्येबाट १७ दशमलव ५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ९२ प्रतिशत समेत गरी कुल १८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही कात्तिक १२ गते बसेको सञ्चालक समितिको दुई सय ६०औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्यनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x