ग्लोबल आईएमई बैंकका थप दुई नयाँ शाखारहित बैंकिङ सेवा
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले थप दुई नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार पछिल्लो पटक काभ्रेपलाञ्चोकको दाप्चा बजार र ताप्लेजुङको सिन्वामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याइएको हो । यी दुई नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या दुई सय ६२ पुगेको छ ।
बैंकले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८, दाप्चा बजार र ताप्लेजुङ जिल्लाको फाक्ताङलुङ गाउँपालिका वडा नं. ३, सिन्वामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार भकुण्डेबेँसी शाखाअन्तर्गत रहनेगरी दाप्चा बजारमा खोलिएको सेवाको लागि कृष्णकुमार श्रेष्ठ र ताप्लेजुङ शाखाअन्तर्गत रहनेगरी सिन्वामा खोलिएको सेवाको लागि प्रेमप्रसाद निरौलालाई प्रतिनिधि नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, डिस होम, सीडीएमए, यूटीएल, एनटीसी, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आईएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गर्नेगरेको हो ।
‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, दुई सय ५२ एटीएम, दुई सय ६२ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया