Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा स्मार्टबाट आईबीएफटी गर्दा पाँच सय रुपैयाँ जित्न सकिने

गरिमा स्मार्टबाट आईबीएफटी गर्दा पाँच सय रुपैयाँ जित्न सकिने


काठमाडौं । गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षित गरी डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाइदा ट्रिपल’ नामक अभियान सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार फोन–पेले ल्याएको आईबीएफटी केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’ सँग प्रेरित रही डिजिटल बैंकिङलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न यस्तो अभियान सञ्चालन गरिएको हो ।

यो अभियानमा हरेक दिन गरिमा स्मार्टबाट आईबीएफटीमार्फत पैसा पठाउने एक जना भाग्यशाली सेवाग्राहीले दैनिक पाँच सय रुपैयाँ जित्न सक्नेछन् । कात्तिक १५ देखि पुस १६ गतेसम्म चल्ने यस अभियानका साप्ताहिक विजेताको घोषणा हरेक आइतबार बेलुका गरिमा विकास बैंकको सबै सामाजिक सञ्जालबाट गरिने बंैकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x