Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक

एनआईसी एसिया बैंकको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक


काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेको बैंकले जनाएको छ ।

बैंकले आव २०७८/७९ को पहिलो त्रैमाससम्ममा व्यवसायतर्फको कर्जामा वार्षिक बिन्दुगत आधारमा ३६ प्रतिशत (७४ अर्ब रुपैयाँ)ले वृद्धि गरी कुल कर्जा रकम २७७ दशमलव ८५ अर्ब पु-याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक बिन्दुगत आधारमा २६ दशमलव ९९ प्रतिशत (६५.२९ अर्ब रुपैयाँ)ले वृद्धि गरी कुल निक्षेप संकलन ३११ दशमलव ४५ अर्ब रुपैयाँ पु-याउन बैंक सफल भएको छ ।

बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ १ दशमलव १८ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । यसैगरी बैंकको स्वपुँजीमा प्रतिफल २१ दशमलव ३९ प्रतिशत रहेको छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । साथै, यस बैंकले वार्षिक प्रतिसेयर आम्दानी ३९ दशमलव ६५ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई पहिलो त्रैमाससम्ममा शून्य दशमलव ४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

Open photo

सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ २४ वर्षअघि सुरु भएको बैंकको अनवरत यात्राको फलस्वरूप आज हामी देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएका छौँ, बैंकले विज्ञप्तिमार्फत भनेको छ । साथै, माथि उल्लिखित अधिकांश प्रमुख वित्तीय एवं गैरवित्तीय परिसूचकहरूमा देशकै सर्वोत्कृष्ट बैंक बन्न हामी सफल भएका छौँ । यस दौरानमा हामीलाई सदैव साथ दिई तथा हामीप्रति अगाध स्नेह एवं भरोसा दर्शाई आ–आफ्नो स्थानबाट अतुलनीय योगदान गरी सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बनाइदिनुहुने हाम्रा समस्त आदरणीय ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनीहरू, कर्मचारीहरूलगायत हजुर सबै सरोकारवालाहरूप्रति अत्यन्त अनुग्रहित रहँदै हजुरहरू सबैमा सादर नमन गर्दछौँ, बैंकले भनेको छ ।

नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौँ, जे छौँ र जस्तो आकारका छौँ त्यसको सम्पूर्ण श्रेय स्वभाविक रूपमा यहाँहरूलाई नै जान्छ । साथै, भविष्यमा अझ उन्नतस्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न र सबैले गर्व गर्नसक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाइको बैंक बन्न मन, वचन र कर्मले सदा सर्वदा लागि पर्ने संकल्प पनि बैंकले गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x