अभियान लघुवित्तले साधारण सेयर जारी गर्ने
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरजारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
योसँगै संस्थाले नौ करोड ७५ लाख रुपैयाँबराबरको नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने छ । आईपीओ जारीपश्चात् संस्थाको चुक्ता पुँजी २५ करोड पुग्नेछ । संस्थाले अहिले रेटिङको काम गराइरहेको जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण अनुमोदन गर्नुका साथै संस्थाले अन्य इजाजत–पत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संथासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, वार्ता गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिनेलगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
हाल संस्थाको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । चालू आर्थिक वर्ष २०७८/०७९ भित्र थप छवटा शाखा कार्यालय सञ्चानलमा ल्याउने संस्थाको तयारी रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया