Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगणपति लघुवित्तले तीन महिनामा कमायो ३४ लाख ६३ हजार

गणपति लघुवित्तले तीन महिनामा कमायो ३४ लाख ६३ हजार


काठमाडौं । गणपती लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अर्थात तीन महिनाको अवधिमा ३४ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ११ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिकमा ४६ करोड ५० लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७९ करोड ५७ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ८८ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड छ लाख ३६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव १८ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ३४ करोड ९७ लाख पाँँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४५ करोड चार लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ८३ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड दुई लाख ६८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x