आईएमई जनरल र पिक मी बीमा सेवाबीच सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मी बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेकाछन । सम्झौता पश्चात पिक मीका चालक र पिक मी प्रयोग गर्ने सबै ग्राहकहरुको एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।
सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मी का अध्यक्ष अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मी का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा पिक मी ग्राहकले राईड सेयररिङ, फुड डेलिभरी, लगेस्टिक सर्पोट, मार्ट एउटै एप बाट गर्ने व्यवस्था रहेको र सो एप प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यहोरा जानकारी गराएकाछन ।
आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पिक मी का चालक र ग्राहकहरुलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा पिक मीका अध्यक्ष लगायत पिक मी टिमलाई धन्यवाद दिंदै पिक मी प्रयोग गर्ने चालक र सबै ग्राहकहरुलाई दुर्घटना बीमा गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त अवसरमा श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमाप्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमासेवा लिन पनि सबैमा आग्रह गरेकाछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया