Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘श्री पञ्चमी’मा सानिमा बैंकको डिजिटल सौगात

‘श्री पञ्चमी’मा सानिमा बैंकको डिजिटल सौगात


काठमाडौं, माघ १७
सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा)को उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई विशेष योजनास्वरूप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरूलाई लक्षित गर्दै दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै ग्राहकहरूले दुवै सुविधा एकैसाथ उपभोग गर्दा एक सय रूपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् । यस योजना माघ १६ र माघ १७, २०७६ का लागि लागू गरिएको छ । यो योजना विद्यार्थी वर्गलाई मात्र लक्षित हुनेछ र सुविधा लिन आउँदा ग्राहकले विद्यार्थी परिचयपत्र पेश गर्नु पर्नेछ । यो योजनाका लागि नाबालकको हकमा भने प्रचलित निर्देशनअनुसार गर्न सकिने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x