Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआशा लघुवित्तद्वारा महोत्तरीकोे एकडारामा सीपमूलक तालिम

आशा लघुवित्तद्वारा महोत्तरीकोे एकडारामा सीपमूलक तालिम


काठमाडौं, माघ १९
आशा लघुवित्त वित्तीय संस्थाले सीपमुलक तालिम सञ्चालन गरेको छ । संस्थाले यही माघ १३, १४ र १५ गते तीन दिने सीपमूलक तालिम सञ्चालन गरेको हो । संस्थाले शाखा कार्यालय एकडारा महोत्तरीमा आबद्ध सदस्यहरु मध्ये ७६ जना महिला सदस्यहरुलाई निःशुल्करुपमा लुगा धुने सर्फ तथा सेनेटरी प्याड बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रबन्धक संजय कुमार सिंहले यस्ता कार्यक्रमले महिलाहरु लाई उद्यमशिल बन्न थप सहयोग पुग्ने र यस कार्यक्रमपश्चात् सदस्यहरुको व्यवसायमा वृद्धि भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा सेनेटरी प्याड बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयमार्फत झण्डै २,४२४ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रुपमा स्वीकृतिप्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा ‘भन्ने नारासाथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार सुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५२ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा दिँदै आएको छ । संस्थाको हालसम्म करीब दुई अर्ब २३ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ६५ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x