Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १३ सय ४६ अंकमा

सेयर बजार परिसूचक १३ सय ४६ अंकमा


काठमाडौं, माघ २०
सेयर बजार परिसूचक उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक २१ दशमलव २६ अंंकले उकालो लागेर १३ सय ४६ दशमलव ६४ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९९ अंकले उकालो लागेर दुुई सय ८६ दशमलव ७५ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७५ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार २० हजार छ सय ३५ वटा कारोबारमा ५३ लाख ४६ हजार पाँच सय आठ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम दुुई अर्ब सात करोड ७९ लाख ८७ हजार सात सय ९९ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक २७ दशमलव चार अंकले उकालो लागेर ११ सय ७५ दशमलव ९६ अंकमा पुगेकोमा विकास बैंक समूहको सूचक २८ दशमलव ३२ अंकले उकालो लागेर १८ सय नौ दशमलव ७८ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि तीन दशमलव नौ अंकले उकालो लागेर एक हजार चार दशमलव ३२ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक २२ दशमलव २२ दशमलव १३ अंकले उकालो लागेर २२ सय २९ दशमलव ७० अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय एक दशमलव ५२ अंंकले उकालो लागेर छ हजार दुई दशमलव ९६ अंकमा पुुगेकोमा उत्पादनमूलक समूहको सूचक पनि ४७ दशमलव ७८ अंकले उकालो लागेर २५ सय १३ दशमलव ९३ अंकमा चढेको छ । यीबाहेक होटल, फाइनान्स, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः आठ दशमलव ६६, चार दशमलव १८, तीन दशमलव १६ र शून्य दशमलव शून्य सात अंकले उकालो लागेका छन् । टे«डिङ समूहको सूचक भने शून्य दशमलव ६२ अंकले ओरालो लागेर सात सय ८५ दशमलव ९१ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक दशमलव नौ अंकले ओरालो लागेर सात हजार पाँच सय ५७ दशमलव ४४ अंकमा चढेको छ ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको ग्रामीण विकास लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ९३ पैसाले बढेर चार सय ९८ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा रेको नयाँ नेपाल लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ८९ पैसाले बढेर सात सय ८९ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक मिथिला लघुुवित्त वित्तीय संस्था, कर्पोेरेट डेभलपमेन्ट बैंक आदि परेका छन् । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गुुहेश्वरी मचेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य पाँच रूपैयाँ तीन पैसाले घटेर एक सय ३२ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य चार रूपैयाँ ७१ पैसाले घटेर एक सय एक रूपैयाँमा किनबेच भएको छ । यीबाहेक अरुण कावेली पावर लिमिटेड, मल्टीपर्पोस फाइनान्स आदिको पनि सेयर मूल्य घटेका छन् ।

यसदिन शुुर्या लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएका छन् । उक्त कम्पनीको प्रतिकित्ता चार सय ७० रूपैयाँ अन्तिम मूल्यमा १० करोड ११ लाख चार हजार नौ सय ६७ रूपैैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्रामिण विकास लघुुवित्त वित्तीय संस्थाको पनि प्रतिकित्ता चार सय ९८ रूपैयाँ अन्तिम मूल्यमा नौ करोड ४८ लाख ५८ हजार तीन सय ३० रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, प्रभुु बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुुसार यसदिन सानिमा बैंकको ८० लाख एक हजार दुुई सय ५५ दशमलव ४४ कित्ता बोनस सेयर र गरिमा विकास बैंकको ४५ लाख तीन हजार दुई सय १४ दशमलव ३१ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x