सिद्धार्थ बैंकको नयाँ शाखा नेपालगञ्जमा
बाँके, माघ २२
एक सय ३३ अर्ब निक्षेप रहेको सिद्धार्थ बैंकले नेपालगञ्जमा दुईवटा शाखा विस्तार गरेको छ । बैंकले न्यूरोड र वीपीचोकमा मंगलबार शाखा विस्तार गरेको हो । यो शाखासहित सिद्धार्थको नेपालगञ्जमा तीनवटा शाखा भएको छ भने जिल्लाभरि पाँचवटा पुगेको छ । सिद्धार्थ बैंकका वरिष्ठ नायब महाप्रबन्धक शेरबहादुर बुढाथोकीका अनुसार, सिद्धार्थको देशभरमा एक सय ८० वटा शाखा छन् । बैैंकले एक सय ३३ अर्ब निक्षेप र एक सय २३ अर्ब लगानी गरेको छ । ५ नम्बर प्रदेशमा साढे तीन अर्ब निक्षेप संकलन गरेर सात अर्ब बढी लगानी गरेको छ । वरिष्ठ नायब महाप्रबन्धक बुढाथोकीले ५ नम्बर प्रदेशमा निक्षेप संकलनभन्दा लगानी बढी गरेको बताए ।
नेपालगञ्जमा खुलेको नयाँ शाखाको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा, नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद सापकोटा, सिद्धार्थका वरिष्ठ नायब महाप्रबन्धक शेरबहादुर बुढाथोकी, ५ नम्बर प्रदेश प्रमुख उपेन्द्र गड्तौलाले उद्घाटन गरे । नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर थापाले सिद्धार्थ जनताको विश्वासिलो बैंक भएकाले पालिकाहरूसँग समन्वय गरेर दुर्गम गाउँहरूमा पुग्न सुझाव दिइन् । उनले बैंकहरूले सामाजिक उत्तरदायित्वमा जोड दिन आग्रह गरिन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया