Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार१२ दशमलव नौ अंकले ओरालो लाग्यो सेयर बजार

१२ दशमलव नौ अंकले ओरालो लाग्यो सेयर बजार


काठमाडौं, माघ २२
सेयर बजार परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले उकालो लागेको बजार परिसूचक १२ दशमलव नौ अंंकले ओरालो लागेर १३ सय ३७ दशमलव चार अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ९२ अंकले ओरालो लागेर दुुई सय ८४ दशमलव ९९ अंकमा झरेको छ । यसदिन कुुल एक सय ७६ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार १७ हजार पाँच सय ६० वटा कारोबारमा ४९ लाख ४९ हजार १५ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ५७ करोड एक लाख ६६ हजार एक सय ६३ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार आठवटा समूहको सूचक ओरालो लाग्दा चारवटा समूहको सूचक उकालो लागेको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव ९८ अंकले ओरालो लागेर ११ सय ५८ दशमलव ६२ अंकमा झरेकोमा जलविद्युुत् समूहको सूचक १६ दशमलव ४८ अंकले ओरालो लागेर एक हजार ३६ दशमलव २८ अंकमा झरेको छ । लघुुवित्त समूहको सूचक पनि २२ दशमलव ८८ अंकले ओरालो लागेर २१ सय ९९ दशमलव सात अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ७६ दशमलव ६१ अंकले ओरालो लागेर सात हजार चार सय ३८ दशमलव दुुई अंकमा झरेको छ ।

यीबाहेक ट्रेडिङ, होटल, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः सात दशमलव ७२, ७४ दशमलव २३, ११ दशमलव ५५ र शून्य दशमलव १४ अंकले ओरालो लागेका छन् । विकास बैंक समूहको सूचक भने यसदिन पाँच दशमलव एक अंकले उकालो लागेर १८ सय ४५ दशमलव ३७ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक पनि २८ दशमलव ७९ अंकले उकालो लागेर छ हजार ९१ दशमलव दुई अंकमा चढेको छ । यसैगरी फाइनान्स र अन्य समूहको सूचक पनि क्रमशः शून्य दशमलव ६३ र शून्य दशमलव नौ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सर्पोेट माइक्रोफाइनान्स वित्तीय संंस्थाको सेयर मूल्य नौ रूपैयाँ ९९ पैसाले बढेर नौ सय तीन रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य नौ रूपैयाँ ६२ पैसाले बढेर ५७ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक ज्योति विकास बैंक, विजय लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको मिथिला लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच रूपैयाँ २३ पैसाले घटेर आठ सय १५ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको मल्टीपर्पोस फाइनान्सको सेयर मूल्य चार रूपैयाँ ८२ पैसाले घटेर एक सय ३८ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक बुुटवल पावर कम्पनी, ओरन्टल होटल समूह आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता चार सय ४९ रूपैयाँ अन्तिम मूल्यमा १० करोड ७० लाख ६३ हजार पाँच सय ३० रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता पाँच सय ७० रूपैयाँ अन्तिम मूल्यमा छ करोड १३ लाख ८४ हजार तीन सय २७ रूपैयाँको सेयर किनबेच भएको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति विकास बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुुसार यसदिन प्रभुु बैंकको एक करोड ४२ लाख २८ हजार दुुई सय ७९ कित्ता बोनस सेयर नेप्सेमा नियमित कारोबारको लागि सूचीकृत भएको छ । यसदिनबाट नयाँ नेपाल लघुुवित्त वित्तीय संस्थाको कारोबार रोक्का भएको छ । नेप्सेका अनुसार नयाँ नेपाल र सारथी लघुुवित्त वित्तीय संस्था मर्जरसम्बन्धी सम्झौता गरेकाकारण सेयर कारोबार रोक्का गरिएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x