नबिल बैंक र नेपाल दूरसञ्चार कम्पनीबीच सम्झौता
काठमाडौं, माघ २४
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र नबिल बैंक लिमिटेडबीच पेमेन्ट गेटवे सेवाका लागि विशेष सम्झौता भएको छ । नेपाल टेलिकमले आफ्नो १६औं वार्षिकोत्सवको विशेष अवसर पारेर नबिल बैंकसँगको सहकार्यमा पेमेन्ट गेटवे सेवा सञ्चालनमा ल्याएको हो ।
यस सेवाअन्तर्गत नेपाल टेलिकमका ग्राहकहरूले पहिलो चरणमा टेलिकमको वेबसाइटमा रहेको कार्ड पेमेन्ट सुविधामार्फत सम्पूर्ण भिसा तथा मास्टर कार्डहरू प्रयोग गरी हाललाई पोष्टपेड र प्रि–पेड मोबाइलको रिचार्ज, टाइअप गर्न सक्नेछन् । साथै निकट भविष्यमा यो सेवा नेपाल टेलिकमको मोबाइल एपमार्फत पनि उपलब्ध गराइनेछ । कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत विनयकुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुुन् ।
कार्यक्रममा टेलिकमका प्रमुख व्यवसायिक अधिकृतले ग्राहकको माग र विधुतीय पेमेन्ट प्रणालीको आवश्यकतालाई मध्यनजर गर्दै सुरु गरिएको यो सेवामार्फत संसारको कुनै पनि कुनाबाट भिसा तथा मास्टर कार्ड प्रयोग गरी नेपाल टेलिकमको मोबाइल रिर्चाज वा ब्यालेन्स टाइअप गर्न सकिने भएकोले ग्राहकहरूलाई सेवा प्रयोग गर्न निकै सहज हुनेछ भन्ने विश्वास लिइएको जानकारी गराए । हाललाई प्रि–पेड तथा पोस्ट–पेड मोबाइलबाट सुरुवात गरिएको यो सेवा निकट भविष्यमा नेपाल टेलिकमका अन्य सेवाहरू खरीद गर्न तथा बिल तिर्न पनि प्रयोग गर्न सकिनेछ । त्यस्तै नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृतले नेपालमा विद्युतीय पेमेन्ट प्रणालीको विकासका लागि यो सहकार्य कोशेढुंगा साबित हुने विश्वास लिएको तथा यस कार्यले आफूहरूलाई थप जिम्मेवार बनाएको जानकारी गराए ।
नेपालमा दूरसञ्चार सेवा प्रदान गरेको एक सय वर्षभन्दा बढी अनुभव बनाइसकेको नेपाल टेलिकमले मोबाइल सेवाको सञ्चालन सन् १९९८ देखि र नबिल बैंकले कार्ड सेवा सुविधा सन् १९९० देखि सञ्चालनमा ल्याएको हो । लामो ऐतिहासिक पृष्ठभूमि भएका यी दुवै संस्थाका सेवाबाट नेपालका करोडौँ सेवाग्राहीहरू लाभान्वित हुँदै आएका छन् । सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समयानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको एक सय १२ शाखा एक सय ६० एटीएम र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू छन् । साथसाथै बैंकले देशव्यापीरूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
- चीनको अर्थतन्त्र सुधार्ने कोसिसलाई ट्रम्पले उल्ट्याइदिन सक्छन्?
- प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
- भैरहवाबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान
- पाकिस्तानको रेलवे स्टेसनमा विस्फोटहुँदा १७ जनाको मृत्यु
- गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत : राष्ट्रसङ्घीय अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया