Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई कम्प्युुटर सहयोग

लुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई कम्प्युुटर सहयोग


काठमाडौं, माघ २६
लुम्बिनी विकास बैंकले प्रगति माध्यमिक विद्यालयलाई कम्प्युुटर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगरमा रहेको उक्त विद्यालयलाई कम्प्युटर विषयको व्यावहारिक शिक्षाका लागि सहयोगस्वरुप बिहीबार पाँच थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

उक्त कम्प्युटर बैंकका मुख्य प्रबन्धक दिपक खनालले विद्यालयका प्रधानाध्यापक शिवकुमारी अर्याललाई एक समारोहका बीच हस्तान्तरण गरेका हुुन् । त्यस अवसरमा बैंकको तर्फबाट भैरहवा शाखा प्रबन्धक शंकर पाण्डे र बुटवल शाखा प्रबन्धक चन्द्रबहादुर सरुको उपस्थिति रहेको थियो भने विद्यालयको तर्फबाट प्रमुख सल्लाहकार जितबहादुर मल्ल, व्यवस्थापन समितिका सदस्य इन्द्रबहादुर राई, पूर्वकार्यवाहक अध्यक्ष राजेश बुढाथोकी, सल्लाहकार वीरबहादुर कुँवर र शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

साथै बैंकले गत पुस २९ गते १२औं वार्षिक साधारणसभा सम्पन्न गरी २०७५/०७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको पाँच प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको थियो । उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्तापुँजी दुई अर्ब ७१ करोड ६३ लाख पुगेको छ । बैंकले हाल सबै क्षेत्रमा ६६ शाखाहरु र १६ वटा एटीएमबाट आफ्ना करिब दुुई लाख ५० हजार ग्राहकहरुलाई उच्चस्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x