Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअजोड इन्स्योरेन्सको बीमासम्बन्धी तालिम

अजोड इन्स्योरेन्सको बीमासम्बन्धी तालिम


काठमाडौं, माघ २६
अजोड इन्स्योरेन्स कम्पनीले बीमासम्बन्धी तालिम दिएको छ । कम्पनीले गण्डकी प्रदेशअन्तर्गत पोखरा शाखाको आयोजनामा माघ १७, १८ र १९ गते लेकसाइड पोखरामा आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको हो ।तालिमको अवसरमा कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बीमाको विभिन्न पोर्टफोलियोबारे प्रशिक्षण दिएका थिए ।

केन्द्रीय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रकाश पारेका थिए भने अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपक्षी) बीमाबारे प्रकाश पारेका थिए । कम्पनीको आधाभूत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सका गण्डकी प्रदेशका प्रमुख गोपाल प्रसाद पौडेलले गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x