बजार परिसूचक १३ सय ३३ अंकमा
काठमाडौं, माघ २६
यस साता सेयर बजार परिसूचक १३ सय ३३ दशमलव ६९ अंकमा पुगेर रोकिएको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ८४ दशमलव पाँच अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७७ कम्पनीहरुको कारोवार भएका छन् । जसअनुसार ८१ हजार चार सय पाँच वटा कारोवारमा दुई करोड ११ लाख छ हजार तीन सय ३५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम सात अर्ब ३९ करोड १७ लाख दुई हजार पाँच सय १० रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा एक सय ७८ कम्पनीहरुको कारोवार भएका थिए । जसअनुसार ७२ हजार एक सय ८८ वटा कारोवारमा एक करोड ६२ लाख ८९ हजार दुई सय ४९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम छ अर्ब ५४ करोड २७ लाख ७७ हजार चार सय ४६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोवार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो र चौथो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने तेस्रो र पाँचौं बजार परिसूचक ओरालो लागेको थियो ।
यस साता पहिलो दिन बजार परिसूचक २१ दशमलव २६ अंकले उकालो लागेर १३ सय ४६ दशमलव ६४ अंकमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९९ अंकले उकालो लागेर दुई सय ८६ दशमलव ७५ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक दुई दशमलव ४९ अंकले उकालो लागेर १३ सय ४९ दशमलव १३ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १६ अंकले उकालो लागेर दुई सय ८७ दशमलव ९१ अंकमा चढेको थियो ।
तेस्रो दिन पनि बजार परिसूचक ओरालो लागेको थियो । उक्त दिन बजार परिसूचक १२ दशमलव नौ अंकले ओरालो लागेर १३ सय ३७ दशमलव चार अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९२ अंकले ओरालो लागेर दुई सय ८४ दशमलव ९९ अंकमा झरेको थियो । चौंथो दिन भने बजार परिसूचक पाँच दशमलव ३१ अंकले उकालो लागेर १३ सय ४२ दशमलव ३६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९३ अंकले उकालो लागेर दुई सय ८५ दशमलव ९२ अंकमा चढेको थियो ।
अन्तिम कारोवार दिन पनि बजार परिसूचक आठ दशमलव ६७ अंकले ओरालो लागेर १३ सय ३३ दशमलव ६९ अंकमा झरेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८७ अंकले ओरालो लागेर दुई सय ८४ दशमलव पाँच अंकमा झरेको थियो ।
यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, शुर्या लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । यसैगरी सेयर कारोवार भएको संख्यामा आधारमा सिभिल बैंक, नेशनल हाईड्रो पावर कम्पनी, प्रभु बैंक, ग्लोवल आईएमई बैंक आदि परेका छन् । बजार पुंजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सुचीकरण तर्फ भने यस साता सनराईज बैंकको १० दशमलव २५ सनराईज बैंक डिवेञ्चर २०८३ सुचीकृत भएका छन् ।यस साता सेयर सुचीकरणतर्फ प्रभु बैंक, गरिमा विकास बैंक, सानिमा बैंक र आशा लघुबित्त बित्तीय संस्थाको बोनस सेयर सुचीकृत भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया