Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंककोे भीमसेनस्थान शाखाको उद्घाटन

सिभिल बैंककोे भीमसेनस्थान शाखाको उद्घाटन


काठमाडौं, माघ २६
सिभिल बैंकको काठमाडौंको भिमसेनस्थान शाखाको समुद्घाटन भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शुक्रबार एक समारोहबीच उक्त शाखाको समुद्घाटन गरेका हुन । उद्घाटन समारोहमा उनले नेपालबाट विदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्केर बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तिय योगदान पु-याएमा देश आफै समृद्ध हुने बताए ।

उद्घाटन समारोहका विशिष्ट अतिथि काठमाडौं महानगरपालिका वडा नं २० का वडाअध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यवाद दिए र आफुले बैंकलाइ आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने कुरा बताए ।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानीयहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागि व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिका लागि दत्त चित्त भएर काम गर्ने बताए ।

बैंकका अध्यक्ष इ.इच्छा राजतामाङ्गले सिभिल बैंक समाजसंग निकट भएर सञ्चालन गर्ने नीति अनुरुप भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भएबमोजिम शाखाको परिचयपाटी देखि लिएर उद्घाटन समारोहको ढाँचा पनि नेवारी संस्कृति अनुरुप गरिएको र बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने बताए । समारोहका बैंकका अध्यक्ष इ.इच्छा राजतामाङ्गबाट परोपकार आदर्श मापिको कक्षा ९ मा अध्ययनरत सुनी राईलाई बैंकको सि.एस.आर. प्रोग्रामअन्तर्गत मासिक तीन हजारका दरले १ वर्षको जम्मा ३६ हजार रुपैयाँको आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरे ।

साथै कामपा वडा नं २० कै सर्वाधिक ज्येष्ठ नागरिक ९९ वर्षीय मायादेवी नकर्मी कार्यक्रममा आउन असमर्थ भएको कारणले गर्दा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, वाग्मती प्रदेशका प्रमुख भोलाबहादुर विष्ट तथा शाखा प्रबन्धक प्रदीप हमाल निजकै निवासमा गई दोसल्ला ओढाई सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटी, सिभिल बैंकका अध्यक्ष इ. इच्छा राज तामाङ्ग्, बैंकका सञ्चालक समितिका सदस्य भीमानन्द ढुंगाना, सिभिल बैंकका प्रमुख कार्यकारी गोविन्द गुरुङ, नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल, चिफ क्रेडिट अफिसर सचिन जङ्ग रायमाझी, सिभिल बैंकका बागमती प्रदेशका प्रमुख भोलाबहादुर विष्टलगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

हालसम्म चार लाख १५ हजारभन्दा बढी ग्राहकहरु रहेको बैंकले ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको देशभर एक सय छ वटा शाखाहरु तथा दुईवटा एक्स्टेन्सन काउन्टर र पाँचवटा शाखारहित बैंकिङ सेवा काउन्टर रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x