Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको मुसिकोट शाखाको औपचारिक उद्घाटन

सिद्धार्थ बैंकको मुसिकोट शाखाको औपचारिक उद्घाटन


काठमाडौं, माघ २६
सिद्धार्थ बैंकको मुसिकोट शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले शुक्रबार रुकुम अवस्थित मुसिकोट शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको हो । बैंकको मुसिकोट शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमबाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ अषाढ ३१ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले देशभर एक सय ८० वटा शाखा (तीनवटा एक्सटेन्सन काउन्टरसहित), एक सय एकवटा शाखा रहित बैंकिङ सेवा, दुई सय तीनवटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x