Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंक र कञ्चन डेभलपमेन्ट बैंकबीच सम्झौता

एनएमबी बैंक र कञ्चन डेभलपमेन्ट बैंकबीच सम्झौता


काठमाडौं, माघ २७
एनएमबी बैंक र कञ्चन डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । विगत २५ वर्षदेखि बैंकिङ कारोबार गरिरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त एनएमबि बैंकले विगत १० वर्षदेखि बैंकिङ कारोबार गर्दै आइरहेको कञ्चनपुर जिल्ला, महेन्द्रनगरस्थित मुख्य कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको बैंकिङ्ग कारोबार गर्न इजाजतपत्र प्राप्त कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा आइतबार सम्झौता गरेको हो ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ जसबाट ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको छ । एनएमबि बैंकले नेपालको बैंकिङ क्षेत्रमा सफल बैंकको रुपमा पहिचान बनाएको तथा लगातार दुईपटक बैंक अफ दि इयरले सम्मानित भई ग्राहकहरुलाई प्रभावकारी सेवा दिँदै आएको ‘क’ वर्गको बैंक हो भने कञ्चन डेभलपमेन्ट बैंक हालसम्म सक्षम संस्थाको रुपमा सुदूरपश्चिमका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको ‘ख’ वर्गको बैंक हो ।

कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डढेलधुरा, बैतडी र डोटी गरी पाँचवटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा तीन वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा छन् । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपश्चात् यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या चार पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x