Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयरबजार परिसूचक १३ सय १९ अंकमा

सेयरबजार परिसूचक १३ सय १९ अंकमा


काठमाडौँ, माघ २७
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको पहिलो कारोवार दिन आइतबार नै बजार परिसूचक १३ दशमलव सात अंकले ओरालो लागेर १३ सय १९ दशमलव ९९ अंंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन अंकले ओरालो लागेर दुई सय ८१ दशमलव चार अंकमा अंकमा झरेको छ । यस दिन कुल एक सय ७३ वटा कम्पनीहरुको कारोवार भएका छन् । जसअनुसार ११ हजार सात सय २६ वटा कारोवारमा २५ लाख ५० हजार दुई सय ६६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम ९५ करोड चार लाख दुई हजार पाँच सय ८४ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १२ वटा समूहको कारोवार भएका छन् । जसअनुसार उत्पादनमूलक समूहको सूचक १७ दशमलव ४८ अंकले उकालो लागेर २५ सय तीन दशमलव ३३ अंकमा चढेको छ भने बाँकी समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक समूहको सूचक १२ दशमलव ३९ अंकले ओरालो लागेर ११ सय ४१ दशमलव ४२ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक १९ दशमलव १४ अंक्ले ओरालो लागेर १८ सय १२ दशमलव सात अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पनि आठ दशमलव ३४ अंकले ओरालो लागेर एक हजार १२ दशमलव ९९ अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि २० दशमलव ६९ अंकले ओरालो लागेर दुई हजार एक सय ६६ दशमलव ९४ अंकमा झरेको छ । यसैगरी निर्जिवन बीमा समूहको सूचक पनि एक सय ३१ दशमलव ५१ अंकले ओरालो लागेर पाँच हजार आठ सय ९७ दशमलव ५२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ७५ दशमलव ८६ अंकले ओरालो लागेर सात हजार चार सय २४ दशमलव ३० अंकमा झरेको छ । यिबाहेक ट्रेडिङ, होटल, फाईनान्स, अन्य र सामुहिक लगानी कोष समूहको सूचक पनि क्रमश पाँच दशमलव ६४, ५४ दशमलव ३२, पाँच दशमलव ५१, चार दशमलव पाँच र शून्य दशमलव शून्य छ अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य तीन रुपैयाँ ८८ पैसाले बढेर एक हजार ४४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य तीन रुपैयाँ २८ पैसाले बढेर दुई सय ८३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक छ्याङदी हाइड्रोपावर कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पाँच रुपैयाँ ७५ पैसाले घटेर छ सय ८८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच रुपैयाँ ६६ पैसाले घटेर ५० रुपैयाँमा किनबेच भएको छ । यिबाहेक नेपाल फाईनान्स, सेन्ट्रल फाईनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेको इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोवार भएको छ । उक्त कम्पनी प्रतिकित्ता पाँच सय ५० रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ८८ लाख ९७ हजार छ सय १७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्लोवल आईएमई बैंकको प्रतिकित्ता दुई सय ८१ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ५३ लाख एक हजार पाँच सय २७ रुपैयाँको सेयर किनबेच भएको छ । यिबाहेक नागरिक लगानी कोष, नेपाल इन्भेष्टमेन्ट बैंक आदिको पनि बढी रकम कारोवार भएका छन् । नेप्सेका अनुसार यसदिन कैलाश बिकास बैंकको ४० लाख ३३ हजार १८ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यसैगरी महालक्ष्मी बिकास बैंकको पनि यसदिन २२ लाख ७५ हजार छ सय दशमलव ९८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x