Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकको सीईओलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

मेगा बैंकको सीईओलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’


काठमाडौं, माघ २८
मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्डबाट सम्मानित भएकी छिन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले साधारणसभाको अवसर पारेर सीईओ खुञ्जेलीलाई यो सम्मान प्रदान गरेको हो । शुक्रबार विशेष समारोहबीच उपराष्ट्रपति नन्दकिशोर पुनले खुञ्जेलीलाई अवार्ड प्रदान गरेका थिए । ‘क’ वर्गको वाणिज्य बैंकको सीईओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुुन् । उत्कृष्ट महिला व्यवस्थापक अवार्डबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै सीईओ खुञ्जेलीले सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद एवं आभार व्यक्त गरिन् ।

यो अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण सेयरधनी, ग्राहक, कर्मचारी एवं समस्त सरोकारवालाहरुको विश्वासको रुपमा लिएको उनले बताइन् । खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । नौ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी खुञ्जेलीले २०७५ वैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी हुुन् । उनको नेतृत्वमा यो अवधिमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको छ भने यो वर्ष बैंक अफ दि इयरजस्तो प्रतिष्ठित सम्मान समेत प्राप्त गरेको छ । सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक अर्थात् अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २८ वर्षको बैंकिङ करिअरको अनुभव छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x