सप्तकोशी क्याम्पसलाई ग्लोबल आईएमईको पाँच लाख
काठमाडौं, माघ २८
ग्लोबल आइएमई बैंक लिमिटेडले सप्तकोशी बहुमुखी क्याम्पसलाई रकम सहयोग गरेको छ । बैैकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत क्याम्पसको भवन निर्माणको पाँच लाख रुपैयाँ सहयोग गरेको हो । ग्लोबल आइएमई बैंकको इटहरी शाखा प्रबन्धक मुकेश कुमार शाहले सोमबार आयोजित एक कार्यक्रममा वराह क्षेत्र नगरपालिकाका मेयर निलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुुन् ।
कार्यक्रममा क्याम्पस प्रमुख निरौलाले क्याम्पसमा विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी अध्यापन गराउने गरेको र ग्लोबल आईएमई बैंक लिमिटेडले क्याम्पस भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको विचार व्यक्त गरे । वराहक्षेत्र नगरपालिकाका मेयर खनालले बैंकले क्याम्पस भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गरे । उनले ग्लोबल आइएमई बैंक, क्याम्पसलाई भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने निजी क्षेत्रको प्रथम संस्था भएको समेत जानकारी दिए ।
कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, क्याम्पस ब्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो । बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया