Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता


काठमाडौं, फागुन २
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्याक्स मनि ट्रान्सफर प्रालिबीच सम्झौता भएको छ बैंकले मलेसियालगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरू वा अन्य व्यक्तिहरूले भुक्तानी पाउने गरी बैंकिङ प्रणालीमार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि म्याक्स मनिसँग सम्झौता गरेको हो । सम्झौताबमोजिम अब म्याक्स मनि ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएको विप्रेषण रकम सिटिजन्सको नेपाल भर रहेको ८९ वटा शाखाहरूबाट सहजरूपमा भुक्तानी पाउन सकिनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ  ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x