दिक्तेलमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा
काठमाडौं, फागुन ४
ग्लोबल आईएमई बैंकको खोटाङ शाखा शुक्रबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन संयुक्तरुपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मेयर रिजालले खोटाङको दिक्तेल रुपाकोट मझुवागढीलगायत देशका अन्य ठाउँमा ग्लोबल आईएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए । बैंकले सम्पूर्ण देशवासीको मन जित्न सफल भएको बताउँदै उनले थप प्रतिस्पर्धी बन्दै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गरे । उनले बैंकको उपस्थितिले खोटाङकोे आर्थिक समृद्धिमा थप सहयोग पुग्ने बताए । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राईले जिल्लामा छरिएर रहेको पुँजीलाई संकलन गरी जिल्लामै साना तथा मझौला उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिए । कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट अन्तर्राष्ट्रियस्तरको बैंकिङ्ग सेवा उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोहि क्षेत्रमानै परिचालन रशाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने जानकारी दिए । कार्यक्रममा बैंकका वरिष्ठ नायव कार्यकारी अधिकृत महेश शर्मा ढकालले १३ वर्षअघि स्थापना भएको बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले दुई सय ७० शाखा, दुई सय ५६ एटीएम, ३७ एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर, दुई सय ४९ शाखारहित बैंकिङ्ग सेवा र विदेशमा तीनवटा प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना १८ लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको जानकारी गराए ।
त्यस्तै उनले बैंकले अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सर्म्पक कार्यालय स्थापना गरेरसेवा प्रदान गर्दै आइरहेको र मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याई मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको बताए ।
कार्यक्रमा खोटाङ जिल्लाका विभिन्न सहकारी कार्यालयका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय नेता तथा जिल्ला/नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरु, स्थानीय व्यवसायी तथा स्थानीयवासीको ठूलो उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया