श्रमलाई प्रविधिमार्फत उत्पादनमा जोड्न सके सबल नेपाल बनाउँन सकिन्छ : सिइओ पन्त
काठमाडौं : “रोजगारीकोे श्रृजना गरी बेरोजगारी शुन्य बनाउँ” भन्ने नाराका साथ ३० वर्ष पहिले स्थापना भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनार्दन देब पन्तले श्रमलाई प्रविधिमार्फत उत्पादनमा जोड्न सके सवल र सम्मानित नेपाल बनाउन सकिने बताएका छन् । शुक्रबार पोखरामा प्रदेश स्तरीय केन्द्र प्रमुख कार्यशाला गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
शाखा कार्यालयमा आवद्व भएका १०० जना केन्द्र प्रमुखहरूको उपस्थितिमा प्रदेश स्तरीय केन्द्र प्रमुख कार्यशाला गोष्ठिमा सिइओ पन्तले देशमा कार्यदिशा परिवर्तन गरेर अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड् दिए । नयाँ जोश र नयाँ मोडमा काम गरेर आर्थिक गति तिब्र बनाउनु पर्छ कार्यक्रममा सिइओ पन्तले भने यसका लागि श्रमलाई प्रविधि मार्फत उत्पादनमा जोड्न आवश्यक छ ।
नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय प्रमुख डा. राम शरण खरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा वित्तीय साक्षरता तथा व्यवसायिक परियोजनाहरूको संगालो पुस्तकको समेत बिमोचन गरिएको थियो । निर्धन लघुवित्तले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै डा. खरेलले संस्था सिइओ पन्तकै बिचारमा अगाडि बढेको जानकारी पाएको बताए । उलने भने “परिवर्तन सम्भव छ भने त्यो लघुवित्तबाट मात्र सम्भव छ यसलाई प्रभावकारीरूपले अगाडि बढाउनु पर्दछ । कर्मचारीले विपन्न महिला वर्गसँग गर्ने व्यवहारमा नै योगदान सम्भव छ ।
हामीले धेरै भावनात्मक नभई नियम प्रक्रिया नीति पालना गर्नुपर्छ । निर्धन उत्थानले १२ प्रतिशतसम्म ब्याज बचतमा दिने र कर्जामा १५ प्रतिशत लिने कार्य प्रशंसनीय छ । लघुवित्त वित्तीय संस्थाको प्रभावले कति गरीवी कमगर्न सहयोग पु¥यायो त्यसको योगदानको मुल्यांकन गर्न जरूरी छ । यस प्रकारको गोष्ठि समग्रमा धेरै उपयोगी, आर्थिक र सामाजिक रूपान्तरण गर्न सदस्यहरुको अनुभव अनुभुति र मनका कुरा आदान प्रदान गर्ने प्रयास गरेकोमा डा. खरेलले संस्थालाई धन्यवाद समेत दिए ।”
कार्यक्रममा सहभागी महिलाहरुले निर्धन लघुवित्तले महिलाहरुको क्षमता वृद्धि गरेको बताए । उनीहरुले अशक्त तथा बेरोजगार महिलाहरुलाई आत्म निर्भर हुन सहयोग गरेको बताएका छन् । बिना धितो सस्तो व्याजमा क्रण पाएपछि स्वरोजागार बनेकोे र घर परिवार चलाउन सहज भएको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा सहभागी सरानकोट केन्द्र प्रमुख सिता थापा क्षेत्रीले आफुले जग्गा बेचेर कुखरा पालन गरेको स्मरण गर्दै निर्धन लघुवित्तको सहयोगबाट ऋण लिएर कुखुरा पालन गरेको बताइन । उनले भनिन “यस निर्धन बैंकबाट ऋण लिएर मैले कुखुरा पालन गरेकी छु । मैले पहिला सुरुमा जग्गा बेचेर कुखुरा फर्म खोले तर यो अलि पहिले नै आएको भए मैले जग्गा बेच्नु पर्ने थिएन । अहिले ऋण पनि तिरे । म खुशी छु ।”
कार्यक्रममा पत्रकार दिपेन्द्र श्रेष्ठ, केशव शरण लामिछाने लगायतले निर्धन लघुवित्तले महिलाहरुको क्षमता अभिवृद्धि गर्न खेलेको भूमिकाको प्रसंसा गरेका थिए ।
चैत्र मसान्तसम्म करिव ४ लाख घर धुरीमा सेवा प्रदान गरिरहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ग्राहकहरूबाट सदस्यहरूको उद्यमशिलता अभिवृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षण र बहुबैकिङ तथा ऋणको अतिभारबाट पर्ने नकारात्मक प्रभाव र बच्ने उपायहरु सम्बन्धमा गर्नु पर्ने कार्यहरूको बारेमा आवश्यक पृष्ठपोषण लिई सोही बमोजिम ग्राहक सदस्यहरूको चाहना र आवश्यकता अनुसार प्रभावकारीरूपले गैर वित्तीय र वित्तीय सेवा प्रदान गर्ने उद्धेश्यले प्रदेश स्तरीय केन्द्र प्रमुख कार्यशाला गोष्ठि आयोजना गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया