सेञ्चुरी बैंक र होटेल सामना तथा होटेल सूर्यान्सबीच सम्झौता
काठमाडौं, फागुन ६
सेञ्चुरी कमर्सियल बैंकले हेटौडा–४, मकवानपुरस्थित होटेल सामना प्रालि तथा हेटौडा–१०, मकवानपुरस्थित होटेल सूर्यान्स प्रालिसँग सम्झौता गरेको छ । बैंकले होटलहरूसँग विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको हो । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरूलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरूले होटेल सामनाको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने होटेल सूर्यान्सको सेवासुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् । होटेल सामना प्रालिसँगको सम्झौतापत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका प्रबन्ध निर्देशक सुरज आचार्यले हस्ताक्षर गरेका छन् । साथै, होटेल सूर्यान्स प्रालिसँगको सम्झौतापत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका अपरेशन प्रबन्धक नकुल गिरीले हस्ताक्षर गरेका हुुन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया