Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

समृद्धि फाइनान्सद्वारा ज्येष्ठ नागरिकलाई सम्मान


काठमाडौं । समृद्धि फाइनान्सले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । बैंकले जेठ २८ गते शनिबार ज्येष्ठनागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

फाइनान्सको पाँचै शाखाबाट उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ७० वर्षभन्दा माथि उमेरसमूहका ज्येष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो । पाँचै शाखाबाट करिब तीन सय जनालाई सम्मान गरिएको व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिकोरूपमा पुतलीसडक शाखामा शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख केशवराज जोशी, हेटौंडामा हेटौंडा उ.न.पा.का उपमेयरराजेश बानियाँ, पोखरामा कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विन्दु कुमार थापा, नारायणगढ शाखामा संस्थाका अध्यक्ष ठाकुर प्रसाद भट्टराई र बुटवल शाखामा सञ्चालक सुजन अधिकारीको उपस्थिति रहेको फाइनान्सले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x