Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्या लाइफको बागमती प्रदेशस्तरीय बिजनेस बिल्डिङ सेमिनार

सूर्या लाइफको बागमती प्रदेशस्तरीय बिजनेस बिल्डिङ सेमिनार


काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बाग्मती प्रदेशस्तरीय बिजनेस बिल्डिङ सेमिनार एक भव्य समारोहको आयोजना गरी करिब तीन सयभन्दा बढी अभिकर्ताहरूमाझ सम्पन्न गरेको छ । बागमती प्रदेशप्रमुख शुशिल चापागाईंको सभपतित्वमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरेका थिए । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ प्रमुख प्रमोद सापकोटालगायत पेसागत अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङको अतिथ्य रहेको थियो । उक्त कार्यक्रमा जीवन बीमाको अभिन्न अंगको रूपमा मानिने बागमती प्रदेशका अभिकर्ताहरूको उत्साहजनक सहभगिता रहेको थियो ।

कार्यक्रममा २०२३ को एमडीआरटीहरूलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमती प्रदेशअन्तर्गत आफ्नो व्यक्तिगत कोडमा अधिकतम बीमाशुल्क हसिल गर्न सफल २५ जना अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । साथै देशैभरिबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरूबाट लक्की ड्र गरी तीन जना भाग्यशाली विजेताहरूको घोषणा गरिएको थियो । लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसीले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितीय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रञ्जिता बुढाथोकीले तृतीय पुरस्कार मोबाइल जित्न सफल भएका थिए ।

जीवनबीमा क्षेत्रमा अभिकर्ता पेसालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरूप सूर्या लाइफले ‘मेरो पहिलो पोलिसी’ अभियान सुरु गरेको छ । जसअन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस् भन्ने कामनासहित नयाँ अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । उक्त भव्य समारोहमा विजेता सम्पूर्णलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्मान गर्नुका साथै प्रमाणपत्र, मायाको चीनो र पुरस्कार वितरण गरेका थिए ।

बागमती प्रदेश प्रमुख शुशिल चापागाईं, वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनौती र समाधानका साथै मार्केटिङसम्बन्धी तलिमहरू दिएका थिए । प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कुनै पनि व्यावसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्वपूर्ण मन्त्र रहेको कुरा जानकारी गराए । उक्त कार्यक्रमबाट आफूले गरिरहेको भन्दा पृथक मार्केटिङ टेक्निक र ज्ञान हसिल गरेको र यसले आगामी दिनमा व्यवसाय वृद्धिको लागि थप ऊर्जा र उत्साह मिलेको कुरा त्यहाँ उपस्थित अभिकर्ताहरूले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x