Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी कमर्सियल बैंक र अलफ्ट काठमाडौंबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र अलफ्ट काठमाडौंबीच सम्झौता


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफ्ट काठमाण्डौं, ठमेलबीच विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेगरी सम्झौता भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू, सम्पूर्ण ग्राहकवर्गहरू तथा बैंकका कर्मचारीहरूलाई अलफ्ट काठमाडौं, ठमेलको नुक, डब्लुएक्सवाइजेड र रि फ्युल रेस्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्नेगरी सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र एलोफट होटेल काठमाडौंका तर्फबाट बजार प्रमुुख पवनराज भण्डारीले हस्ताक्षर गरेका छन् । बैंकले देशभर एक सय ४४ वटा शाखा, १० वटा एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र एक सय १५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x